Logo

Breaking News 1

सत्ता गठबन्धनलाई बहुमत आउने प्रचण्डको दाबी



चितवन । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सत्तारुढ गठबन्धनले आरमसहित बहुमत ल्याउनेमा विश्वास व्यक्त गरेका छन ।

गृह जिल्ला चितवनमा मतदान गरेपछि अध्यक्ष प्रचण्डले जारी निर्वाचनले विकास र देश समृद्धिको दिशातर्फ लानेमा पनि विश्वास व्यक्त गरे ।

उनका अनुसार निर्वाचनपछि मात्रै प्रधानमन्त्रीका बारेमा टुंगोमा जानेछ । ‘प्रधानमन्त्रीका बारेमा गठबन्धनमा सल्लाह गरेर टुंगोमा पुग्ने छौं, प्रधानमन्त्रीका कारण गठबन्धन टुटदैन्,’ प्रचण्डले भने ।

 

प्रकाशित मिति : ४ मंसिर २०७९, आइतबार  ९ : २९ बजे