Logo

विश्व

इरान प्रदर्शनमा ३२६ जनाको मृत्यु


२७ कार्तिक २०७९, आइतबार  

368
Shares

तेहरान । महसा अमिनीको हिरासतमा मृत्यु भएपछि इरानी सुरक्षा बलहरूले राष्ट्रव्यापी विरोध प्रदर्शनमा कम्तिमा ३२६ जनाको मृत्यु भएको इरान मानव अधिकार ९आईएचआर०ले जनाएको छ । प्रहरी हिरासतमा रहेकी युवती अमिनीको सेप्टेम्बर १६ मा मृत्युलाई लिएर महिलाहरूले देशभर प्रदर्शन गर्दै आएका छन् ।

ड्रेस कोडको कथित उल्लंघन गरेको आरोपमा गिरफ्तार भएको तीन दिनपछि अमिनीको मृत्यु भएको थियो । उनको मृत्युले इस्लामिक गणतन्त्रमा विरोध चर्किएको छ ।

ओस्लोमा रहेको आईएचआरले आफ्नो वेबसाइटमा पोष्ट गरेको विज्ञप्तिमा भनिएको छ, ‘संयुक्त राष्ट्रव्यापी प्रदर्शनमा सुरक्षा बलहरूले ४३ बालबालिका र २५ महिलासहित कम्तीमा ३२६ जनाको ज्यान लिइसकेको छ ।’

प्रकाशित मिति : २७ कार्तिक २०७९, आइतबार  ६ : ३९ बजे