Logo

मनोरञ्जन

गोर्खाका विभिन्न धार्मिक स्थललाई समेटेर तयार पारिएको ‘स्वागत सुलिकोट’ गीत बजारमा


१३ कार्तिक २०७९, आइतबार  

2.6k
Shares

काठमाडौं । ‘स्वागत सुलिकोट’ गीत बजारमा आएको छ । गुरुङ, मगर समुदाएमा प्रख्यात कौडा गीत गोर्खाका विभिन्न धार्मिक स्थललाई समेटेर यो गीत बजारमा ल्याइएको हो ।

राम बहादुर सुनार र सुमिना गुरुङको आवजमा रहेको गीतमा रबि तामाङको सब्द अनि चेतन गोतामे र सुमिना गुरुङको लय रहेको छ । संगीत सयोजन चेतन गोतामेकै रहेको छ । गीतको भिडियोलाई चेतन गोतामेको अफिसियल युटुब च्यानलबाट बजारमा ल्याइएको छ ।

स्टुडियो मारुनीमा रेकडिङ्ग भएको गीतलाई मिक्सिंग कुमार रानाले गरेका हुन् । भिडियो निर्माणका क्रममा चेतन गोतामेको निर्देसन, दिपक गिरीको क्यामारा, सुजन सुर्खेतीको कोरियोग्राफी र प्रकाश धमलाको सम्पादन रहेको छ ।

भिडियोमा सुजन सुर्खेती , जेनिसा तामाङ ,राजेन्द्र घर्ति मगर र बिनि कोके गुरुङको दमदार अभिनय रहेको छ ।

प्रकाशित मिति : १३ कार्तिक २०७९, आइतबार  १० : ५० बजे