Logo

मुख्य समाचार

पहाडी भूभागमा हल्का वर्षाको सम्भावना


४ कार्तिक २०७९, शुक्रबार  

391
Shares

काठमाडौं । नेपालमा पश्चिमी वायुसँगै स्थानीय वायुको सामान्य प्रभाव परेको छ । जसकारण मुलुकका पहाडी भेगमा बदली हुने गरेको छ । केही क्षेत्रमा हल्का वर्षा पनि भइरहेको छ ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार दिउँसो पहाडी भूभागमा आंशिक बदली तथा बाँकी भूभागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहनेछ । तर, गण्डकी र लुम्बिनीका थोरै स्थान र बाँकी पहाडी भूभागका एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ ।

महाशाखाका अनुसार राति पहाडी भूभागका एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ ।

शनिबार कर्णाली र सुदूरपश्चिमका पहाडी भूभागका थोरै स्थान र बाँकी प्रदेशका पहाडी भूभागका एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ ।

प्रकाशित मिति : ४ कार्तिक २०७९, शुक्रबार  ६ : १४ बजे