Logo

मुख्य समाचार

एकीकृत समाजवादीका अध्यक्ष नेपाललाई आयोगले सोध्यो स्पष्टीकरण



काठमाडौं । निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्यका रौतहट क्षेत्र नम्बर १ का उम्मेदवार एवं नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललाई स्पष्टीकरण सोधेको छ । फ्रि भिसा र फ्रि टिकटको आश्वासन दिएको विषयप्रति २४ घन्टाभित्र स्पष्टीकरण पेस गर्न आयोगले पत्र पठाएको हो ।

अध्यक्ष नेपालले रौतहट जिल्लामा आयोजित एक कार्यक्रममा आफूले चुनाव जिते देश बाहिर युवालाई रोजगारी अवसर दिने आश्वासन बाँडेको विषयमा स्पष्टीकरण सोधेको आयोगले जनाएको छ ।

आयोगले उक्त सामग्रीका विषयमा आयोगबाट गठित सामाजिक सञ्जाल अनुगमन टोलीबाट अध्ययन तथा परीक्षण गर्दा नेता नेपालको हो होइन भनी भन्न सकिने कुनै आधार कारण नदेखिएकाले स्पष्टीकरण सोधेको हो । सोही विषयमा आयोगले जिल्ला प्रहरी कार्यालय, रौतहटलाई आवश्यक प्रक्रिया अगाडि बढाउनसमेत पत्र पठाएको छ ।

 

प्रकाशित मिति : ३ कार्तिक २०७९, बिहिबार  ६ : ४७ बजे