Logo

मुख्य समाचार

सशस्त्र प्रहरी बलको ‘छैटौँ कमान्ड तथा स्टाफ कोर्ष’ मा डीएसपी सुरेश गैरे सर्वोत्कृष्ट



काठमाडाैं । सशस्त्र प्रहरी बलमा सञ्चालित छैटौै कमान्ड तथा स्टाफ कोर्षमा प्रहरी नायव उपरीक्षक सुरेश गैरेले सर्वोत्कृष्ट स्थान हासिल गरेका छन् ।

१८ महिने आवासीय कोर्ष प्रहरी संगठनको महत्वपूर्ण तथा उच्चस्तरीय तालिमअन्तर्गत पर्दछ । त्रिभुवन विश्वविद्यालय अन्तर्गतको स्नात्तकोत्तर तहको सुरक्षा विकास र शान्ति अध्ययन विषयक सो कोर्षका लागि १० जना छनोट भएका थिए । व्यावसायिक र एवं अन्तर्राष्ट्रिय, क्षेत्रीय र राष्ट्रिय महत्वका विषय, सुरक्षा, विपद व्यवस्थापन, कानुन, द्वन्द्व व्यवस्थापन, अर्थशास्त्रदेखि परारष्ट्र नीतिलगायतका विषयमा तालिम अवधिभर प्रयोगात्मक र सैद्धान्तिक सिकाइका कार्यक्रम सञ्चालन गरिएको थियो । प्रहरी संगठनको नेतृत्व निर्माणका लागि यो तालिम निकै महत्वपूर्ण मानिन्छ ।

संगठनमा प्रतिभाशाली गैरेले यसअघि सशस्त्र प्रहरी संगठनकै तर्फबाट अमेरिकाबाट आतंकवादविरुद्धको रणनीति विषयमा स्नात्तकोत्तर गरेका थिए । सशस्त्र प्रहरी प्रमुख राजु अर्याल, त्रिविका डिन प्राध्यापक डा. कुसुम शाक्य नेपाल प्रहरी, नेपाली सेनालगायतका उच्चस्तरीय अधिकारी सम्मिलित दीक्षान्त समारोहमा डीएसपी गैरे दीक्षित भएका हुन् ।

सुरेश गैरे नेपाली सांगीतिक क्षेत्रमा पनि परिचित नाम हो । यहाँ देशको छ चिन्ता, मर्ने कसैलाई रहर हुँदैनलगायत ३५० भन्दा बढी गीतमा उनले संगीत भरेका छन् ।

 

प्रकाशित मिति : ३ कार्तिक २०७९, बिहिबार  ११ : २५ बजे