Logo

समाचार

पोखरीमा डुबेर एकको मृत्यु


३ कार्तिक २०७९, बिहिबार  

322
Shares

उदयपुर । उदयपुरमा पोखरीमा डुबेर एकको ज्यान गएको छ । त्रियुगा नगरपालिका–६ जलजलेस्थित रानी पोखरीमा डुबेर त्रियुगा नगरपालिका–५ श्रीपुरकी ६० वर्षीया दैया परियारको ज्यान गएको हो ।

गाईबस्तु चराएर घर फर्काउने बेला हात खुट्टा धुन पोखरी छेउमा पसेकी उनी त्यहीँ डुबेर ज्यान गएको अवस्थामा अन्य गोठालाले फेला पारेका हुन् ।

गाईबस्तु चराएर फर्काउने क्रममा डुबेर गम्भीर घाइते भएकी परियारको इलाका प्रहरी कार्यालय जलजले र जिल्ला प्रहरी कार्यालयबाट खटेको टोली उद्धार गरी बाहिर ल्याउदा ज्यान गइसकेको थियो ।

मृतकको शब उदयपुर अस्पतालमा पोष्टमार्टम गरी अन्त्येष्टिका लागि आफन्तको जिम्मा लगाइएको जिल्ला प्रहरी कार्यालय उदयपुरका सूचना अधिकारी राकेशकुमार पोदारले बताए ।

प्रकाशित मिति : ३ कार्तिक २०७९, बिहिबार  १२ : ०० बजे