Logo

खेलकुद

लिभरपरको जितमा नुनेजको गोल



काठमाडौं । इंग्लिस प्रिमियर लिग अन्तर्र्गत बुधबार राति भएको खेलमा लिभरपुलले वेस्ट ह्याम युनाइटेडलाई १–० ले पराजित गरेको छ ।

बुधबार राति घरेलु मैदानमा लिभरपुलको जितमा २२औं मिनेटमा डार्विन नुनेजले निर्णायक गोल गरे । जितसँगै १० खेलबाट १६अंक जोडेको लिभरपुल सातौं स्थानमा छ । वेस्टह्याम ११ अंक सहित १३औं स्थानमा छ ।

प्रकाशित मिति : ३ कार्तिक २०७९, बिहिबार  ८ : ३९ बजे