Logo

Breaking News 1

नेपाल र इटालीबीच द्विपक्षीय परामर्श संयन्त्र स्थापना



काठमाडौं । नेपाल र इटालीबीच द्विपक्षीय परामर्श संयन्त्र स्थापना गरिएको छ । दुई देशको परराष्ट्र मन्त्रालयबीच संयन्त्र स्थापना गरिएको हो ।

संयन्त्र स्थापना सम्बन्धी समझदारी पत्र (एमओयु) मा सोमबार परराष्ट्र सचिव भरत राज पौड्याल र नेपालका लागि इटालीका राजदूत भेन्सेन्जो डि लुकाले हस्ताक्षर गरेका छन् ।

परराष्ट्र मन्त्रालयमा आयोजि एक कार्यक्रमबीच एमओयुमा हस्ताक्षर गरिएको मन्त्रालयले जनाएको छ ।

दुई देशबीचको सम्बन्ध थप प्रगाढ बनाउन र सहयोगका क्षेत्र विस्तार गर्न संयन्त्र महत्वपूर्ण हुने परराष्ट्र मन्त्रालयले जनाएको छ ।

प्रकाशित मिति : २४ आश्विन २०७९, सोमबार  १ : ०८ बजे