Logo

विश्व

बुर्किना फासोमा जिहादीको हमलामा कम्तीमा ११ जनाको मृत्यु



ओगाडोउगोउ । बुर्किना फासोमा हालै भएको जिहादीको हमलामा करिब ११ जनाको मृत्यु भएको छ भने ५० जना बेपत्ता भएका छन् । लेफ्टिनेन्ट कर्नल पाउल–हेनरी सान्डाओगो दामिबाले जनवरीमा कुमार्फत बुर्किना फासोका राष्ट्रपतिलाई अपदस्थ गरेपछि उनले हिंसा नियन्त्रण गर्ने प्रतिबद्धता जनाएका थिए ।
पछिल्ला समयमा अलकायद र इस्लामिक स्टेटलगायतका समूहमा आबद्ध लडाकुले हिंसा चर्काएका छन् । यसै महिनाको सुरुमा दामिबाले यसै महिनाको सुरुमा रक्षामन्त्रीलाई बर्खास्त गरे रक्षा मन्त्रालयको कार्यभार आफै सम्हालेका थिए ।

हिंसामा ६० जनाभन्दा बढीको मृत्यु भएको हुन सक्ने एक अधिकारीको भनाई उल्लेख गर्दै एएफपीले जनाएको छ ।

प्रकाशित मिति : १२ आश्विन २०७९, बुधबार  १ : ४९ बजे