Logo

अर्थ

सांग्रिला डेभलपमेन्ट बैंकको संस्थापक सेयर बिक्रीमा



काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंकले १९ हजार ७१० कित्ता संस्थापक सेयर बिक्रीमा ल्याएको छ । बैंकले संस्थापक सेयरधनी नवराज बजगाईको नाममा रहेको १९ हजार ७१० कित्ता सेयर बिक्रीमा ल्याएको हो । यसमा बैंकका विद्यमान अन्य संस्थापक सेयरधनीले आवेदन दिन सक्नेछन् ।

सेयर खरिद गर्न इच्छुक संस्थापक सेयरधनीले बुधबारबाट ३५ दिनभित्र बैंकको मुख्य कार्यालय बालुवाटार, काठमाडौमा के कति कित्ता खरिद गर्ने सो को व्यहोरा खुलाई निवेदन पेश गर्नुपर्नेछ । तोकिएको समयमा संस्थापक सेयरधनीबाट सेयर खरीद गर्न निवेदन नआएमा प्रचलित कानुन बमोजिम अन्य लगानीकर्तालाई सेयर बिक्री गर्ने बैंकले जनाएको छ ।

प्रकाशित मिति : १२ आश्विन २०७९, बुधबार  १० : ४५ बजे