Logo

विश्व

विद्यालयमा गोलीकान्ड: कम्तीमा १५ जनाको मृत्यु


११ आश्विन २०७९, मंगलबार  

989
Shares

मस्को । रुसमा विद्यालयमा भएको गोलीकान्डमा कम्तीमा १५ जनाको मृत्यु भएको छ । मध्य रसियाको आफ्नो पुरानो विद्यालयमा सोमबार एक व्यक्तिले गोली चलाएको अधिकारीहरूले बताएका छन् । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनको आंशिक परिचालनको विरोधमा देशभर प्रदर्शन भइरहेका बेला विद्यालयमा नरसंहार भएको हो ।

रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले इजेभस्क सहरमा भएको ‘अमानवीय आतंकवादी हमला’ भत्र्सना गरेका छन् । गोली हान्ने व्यक्ति नव फासीवादीसमूहसँग आवद्ध रहेको बताइएको छ । अन्वेषकहरूका अनुसार आक्रमणकारीले नाजीको प्रतीकसहितको कालो टप लगाएको थियो । सन् १९८८ मा जन्मिएका आक्रमणकारीले सोही विद्यालयबाट स्नातक गरेका थिए ।

प्रकाशित मिति : ११ आश्विन २०७९, मंगलबार  ७ : २० बजे