Logo

विश्व

फस्फोरस खानीमा भेटियो त्रिकोणी दाँत, दुर्लभ मेगालोडोनको भएको वैज्ञानिकको दाबी



न्युयोर्क । अमेरिकाका एक अनुसन्धानकर्ताले सामाजिक सञ्जालमा पोस्ट भएको त्रिकोणीय दाँतको तस्बिर प्रागैतिहासिक युगको ठूलो सेतो सार्क मेगालोडोनको भएको बताएका छन् । उक्त दाँत भर्खरै फस्फोरस खानीमा फेला परेको थियो । रेडिट प्रयोगकर्ताले उक्त फोटो पोस्ट गरेका छन् ।

पोष्टमा बुसीविभर १८७ नामक प्रयोगकर्ताले अन्य प्रयोगकर्ताहरूलाई यसलाई पहिचान गर्न आग्रह गरेका छन् । पोस्ट सेयर गर्दै प्रयोगकर्ताले लेखेका छन्, ‘पहिचान गर्न मद्दत गर्नुहोस् ।’

धेरै रेडिट प्रयोगकर्ताहरूले आ—आफ्नै व्याख्या गरे ‘सुन्दर जीवाश्म देखिन्छ र ठूलो सेतो दाँत हुनको लागि धेरै ठूलो छ । मलाई लाग्छ तपाईंले यहाँ मेगालोडन दाँत पाउनुभयो,’ एक प्रयोगकर्ताले लेखे ।

अर्का प्रयोगकर्ताले भने, ‘तपाईँले किन डाउनभोट गर्नुभयो भन्ने कुरा थाहा छैन, म एकदमै पक्का छु कि मेगालोडनको दाँत हो । साइजले मात्र मेगालोडनलाई औंल्याउँछ । म विशेषज्ञ त होइन, तर धेरै उत्साही छु,’ अर्का प्रयोगकर्ताले लेखेका छन् ।

न्युजविकका अनुसार जीवाश्मविज्ञ तथा चार्ल्सटन फोसिल एडभेन्चर्सका मालिक एश्बी गेलले उक्त दाँत वास्तवमा मेगालोडनको हो । गेलका अनुसार उक्त जीवाश्म ३.६ देखि १५.९ मिलियन वर्ष पुरानो हुन सक्छ ।

प्रकाशित मिति : ९ आश्विन २०७९, आइतबार  ९ : ५० बजे