Logo

Breaking News 1

चिनियाँ सभामुख ली र राष्ट्रियसभा अध्यक्षबीच भेटवार्ता



काठमाडौं । चिनियाँ सभामुख ली चाङ्सु र राष्ट्रियसभा अध्यक्ष गणेश तिमल्सिनाबीच भेटवार्ता भएको छ। संघीय संसद सचिवालयका अनुसार नयाँ बानेश्वरस्थित संसद भवनमा भेट भएको हो।

संघीय संसद भवन नयाँ वानेश्वरस्थित लभि हलमा नेपाल र चीनको संसदका नेतृत्व सहित प्रतिनिधि मण्डलवीच द्विपक्षीय भेटवार्ता भएको अध्यक्ष तिमल्सिनाको सचिवालयले जानकारी दिएको छ ।

सोमबारदेखि ३ दिने नेपाल भ्रमणमा रहेका लीले आज दिनभर उच्चस्तरिय भेटवार्ता गर्दैछन् ।

प्रकाशित मिति : २८ भाद्र २०७९, मंगलबार  १० : ३० बजे