Logo

मुख्य समाचार

एमालेमा फर्किए एकीकृत समाजवादीका केन्द्रीय सदस्य चापागाईं



काठमाडौं । नेकपा एकीकृत समाजवादीका केन्द्रीय सदस्य तथा रुपन्देहीका नेता डा. बालकृष्ण चापागाईं नेकपा एमालेमा फर्किएका छन् ।

एमाले विभाजन हुँदा नेता माधव नेपालले गठन गरेको समाजवादीमा लागेका चापागाईं ​अर्थ तथा योजना विभागका उपप्रमुख रहेका थिए ।

आइतबार चापागाईलाई अध्यक्ष केपी शर्मा ओलीले टीका र खादा लगाएर स्वागत गरेका छन् । राससका पुर्व महाप्रबन्धक समेत रहेका चापागाईंले आफू पुरानै घर एमालेमा फर्किएर राजनीति गर्ने बताए ।

प्रकाशित मिति : २६ भाद्र २०७९, आइतबार  १० : ४९ बजे