Logo

मुख्य समाचार

निलम्बित प्रधानन्यायाधीश जबराको बयान आज पनि हुँदै



काठमाडौं । निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराको बयान आज पनि हुँदै छ । महाअभियोग सिफारिस समितिको आज दिउँसो साढे १२ बजे बस्ने बैठकमा जबराको बयान हुने छ ।

जबराविरुद्ध सत्तारुढ दलका सांसदहरुले १ फागुनमा महाअभियोग दर्ता गरेका थिए । त्यसलगत्तै उनी पदबाट निलम्बनमा परेका थिए ।

महाअभियोग सिफारिस समितिले उनीसँग भदौ १५ गतेदेखि बयान लिन सुरु गरेको थियो । बयानका क्रममा जबराले महाअभियोग प्रस्ताव निरर्थक भएको बताएका छन् ।

प्रकाशित मिति : २६ भाद्र २०७९, आइतबार  १० : ३९ बजे