Logo

Breaking News 1

सीपीएल छाडेर स्वदेश फर्किँदै सन्दीप



काठमाडौं । निलम्बित राष्ट्रिय क्रिकेट टोलीका कप्तान सन्दीप लामिछानेले सीपीएल छोडेर नेपाल फर्किन लागेको बताएका छन् । बलात्कार आरोपमा आफू निर्दोष रहेको भन्दै नेपालको कानुनप्रति भरोसा रहेको उनले बताए ।

आधारहीन आरोपको सामना गर्न आफू तयार रहेको भन्दै उनले अनुसन्धानमा सघाउने बताए ।

बलात्कार आरोप लागेपछि बिहीबार क्यानले एक विज्ञप्ति जारी गर्दै सन्दीपलाई निलम्बन गरिएको थियो । नाबालिगलाई बलात्कारको आरोप लागेका सन्दीपविरुद्ध पक्राउ पुर्जी जारी भएपछि क्यानले निलम्बन गरेको हो ।

काठमाडौं जिल्ला अदालतले बिहीबार सन्दीपविरुद्ध पक्राउ पुर्जी जारी गरिसकेको छ । प्रहरी बृत्त गौशालामा मंगलबार एक बालिकालाई बलात्कार गरेको भन्दै सन्दीपविरुद्ध उजुरी परेको थियो ।

प्रकाशित मिति : २४ भाद्र २०७९, शुक्रबार  ९ : ११ बजे