Logo

विचार

सार्वजनिक हित र नैतिकता बिपरित हुने खराब आचरणपूर्ण कार्य



कुनै पनि ब्याक्तिले आफ्नो पदीय मर्यादा बिपरित गर्ने सबै प्रकारका गैरकानुनी अनि अनैतिक क्रियाकलापहरूलाई भ्रष्टाचार भनिन्छ । सार्वजनिक ओहदामा रहने लगभग सबैले गर्ने तर, गरेको छु भन्न नचाहने कर्म हो भ्रष्टाचार । व्यक्तिगत फाइदाको निमित्त सार्वजनिक हैसियतको दुरूपयोग गर्नु नै भ्रष्टाचार हो । निजी स्वार्थ र हितमा राज्य शक्तिको दुरूपयोग गराउने गम्भीर अपराध हो । यसलाई सीमित शब्दको सहारा लिएर परिभाषित गर्न सम्भव छैन । त्यसैले भ्रष्टाचारको परिभाषा गर्नु भन्दा व्याख्या गर्नु उपयुक्त हुन्न ।

हरेक युवाले नितिगत भ्रष्टाचार बारे थाहा पाएको हुँदैन, ब्याबहारिक शैक्षिक ज्ञानमा पिछडिएका छन्, उनीहरुलाई यश प्रदेश सम्मेलन बाट धैरै कुराहरुमा अबगत हुनेछन् । हरेक युवाले अरुलाई सजग गराउनुका साथै आफुमा मनन गर्नेछन् । त्यसैले आम नागरिक साथै युबा पिडि एकरुपता भइ अग्रसर हुनुपर्ने नितान्त आवश्यक देखिन्छ ।

भ्रष्टाचार समाजको रोग हो । सरकारी संयन्त्रको धमिरा हो । सभ्य समाजको लागि प्रदूषण हो । यसले व्यक्तिको स्वभाव र शैलीलाई नकारात्मक बनाउँछ । व्यक्तिलाई व्यक्तिवादी बनाउँछ । व्यक्तिको अनुशासन र मर्यादामा स्खलन ल्याउँछ। समाजमा अस्वस्थ प्रतिस्पर्धा र कुसंस्कारलाई बढाउन ठूलो भुमिका खेल्छ । भ्रष्टाचारको कारणले संस्था/संगठनको लक्ष्य हासिल हुन सक्दैन । संस्थाको ख्याति र जनविश्वास गुम्दै जान्छ ।

राजनीतिक नेतृत्वमा भ्रष्टाचार नियन्त्रण गर्ने साहस, इच्छाशक्ति, प्रतिवद्धता र व्यवहारिक अवलम्बनसहितको इमान्दारिताको कमी सम्पुर्ण राष्ट्र सेबक कर्मचारी र रामाजिक अगुवामा देखिन्छ । भ्रष्टाचारको निगरानी र नियन्त्रणका लागि स्थापना गरिएका संस्थाहरूमा राजनीतिकरण हाबी छ । त्यस्ता संस्थाको नेतृत्वको छनोट र कार्य प्रक्रियामा राजनीतिक दलको हस्तक्षेप रहने तथ्य कसैबाट छिपेको छैन, प्रस्ट रुपमा चितपरिचित छन् । राजनीतिक नेतृत्वको स्वार्थ र मतिभ्रमका कारण नीतिगत भ्रष्टाचार हुने र जसका कारण सीमित व्यक्तिको स्वर्थ प्रेरित नीति बन्ने गरेको तीतो यथार्थ हामीले भोगिरहेका छौं र सम्पुर्णमा अवगत भएको कुरा हो ।

मुहान सफा भए मात्र तल जाने पानी सफा हुन्छ । त्यसैले राजनीतिक पद र जिम्मेवारीबाट गरिएका र गर्न नसकिएका कर्महरूले भ्रष्टाचार बढ्नुमा प्रधान भूमिका खेलेको तथ्य सबै अध्ययनहरूको निष्कर्ष एउटै भएको पाइन्छ । प्रशासनिक जिम्मेवारीमा रहने कार्यहरूलाई नीति, विधि र प्रणालीबद्ध कार्यसंस्कारका आधारमा सम्पादन गर्न नखोज्ने बिचौलिया र माफिया प्रवृत्ति हाबी छ । पारदर्शिता, उत्तरदायित्व र जवाफदेहीताको अवस्था दयनीय छ ।

बागेश्वरी असल शासन क्लबको प्रथम प्रदेश युवा सम्मेलन यहीँ भाद्र २५ गते ॐ प्यालेस धनगढीमा हुँदै छ । प्रदेशको नितिगत कानुनी कुरा र भ्रस्टाचारबारे भोलिका कर्णदार, भबिस्यका सुनौला कोपिलाले ससक्त रुपमा भ्रस्टाचारको विरुद्धमा काधमा काध मिलाई एक रुपताको प्रतीक देखाउने छन् । जबसम्म युबा पिडि अग्रसर हुँदैन तबसम्म कुनैपनी किसिमको फड्को मार्न सक्दैनन् भन्ने कुरामा बिस्वस्त हुनेछन् । जस्को फलस्वरूप परिवर्तनका सम्बाहखहरु निस्वार्थ र कर्मशिल भइ भ्रष्टाचार र शुसासानका लागि कठिबद्द हुनेछन् ।

हरेक युवाले नितिगत भ्रष्टाचार बारे थाहा पाएको हुँदैन, ब्याबहारिक शैक्षिक ज्ञानमा पिछडिएका छन्, उनीहरुलाई यश प्रदेश सम्मेलन बाट धैरै कुराहरुमा अबगत हुनेछन् । हरेक युवाले अरुलाई सजग गराउनुका साथै आफुमा मनन गर्नेछन् । त्यसैले आम नागरिक साथै युबा पिडि एकरुपता भइ अग्रसर हुनुपर्ने नितान्त आवश्यक देखिन्छ । बिश्वास छ, भ्रष्टाचार विरुद्ध प्रथम प्रदेश युबा सम्मेलनबाट केहि हद आमूल परिवर्तन आउनेछ ।

प्रकाशित मिति : २४ भाद्र २०७९, शुक्रबार  ९ : २९ बजे