Logo

मनोरञ्जन

गायिका राधिका तामाङको स्वरमा ‘अपराधीको केश’ !



काठमाडौं । गायिका राधिका तामाङको स्वरमा रहेको ‘अपराधीको केश’ गीत बजारमा आएको छ । यो गीत केहि समय पहिले कमल सुसान्त केसीको अफिसियल युटुब मार्फत बजारमा आएको गीत हो ।

राधिका तामाङ र कमल सुसान्त केसीको स्वरमा रहेको गीतमा संजिता श्रेष्ठ र राधिका तामाङले सब्द लेखेका छन् । गीतमा कमल सुसान्त केसीको लय रहेको छ ।

समिर थोकरको निर्देसन, सुशील डाँगीको छायांकन रहेको गीतलाई दिपक बिष्टले सम्पादन गरेका छन् ।

गीतमा आयुसमा कार्की र लोमस शर्माको अभिनय रहेको छ ।

सिन्धुपाल्चोक बार्हबिसेमा जन्मेकी राधिका तामाङको गीत गाउने रुचिलाई यो गीतले पुरा गरिदिएको छ । माया प्रेममा एक हुन नसक्दाको पिडालाइ यो गीतले उजागर गरेको गयिका तामाङ बताउछिन् ।

‘मर्छु सानु म दोषी बनि हत्या हैन आत्माहत्या हो भनि’ यस्तै सब्द बोकी बजारमा आएको गीतले पछिल्लो समयमा टिकटकमा पनि राम्रै चर्चा पाउन थालेको छ ।

 

प्रकाशित मिति : २३ भाद्र २०७९, बिहिबार  ७ : ५३ बजे