काठमाडौं । युईएफए च्याम्पियन्स लिग फुटबल अन्तर्गत मंगलबार राति भएको खेलमा फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) ले युभेन्ट्सलाई २–१ अन्तरले पराजित गर्दै विजयी सुरुवात गरेको छ ।
समूह एचको खेलमा पीएसजीलाई जित दिलाउन केलियन एमबाप्पेले दुबै गोल गरे । युभेन्ट्सका वेस्टन म्याककेन्नीले एक गोल फर्काए ।
यस जितसँगै पीएसजीले पहिलो खेलबाट ३ अंक जोडेको छ । समूह एचकै अर्को खेलमा बेन्फिकाले मक्काबी हाइफालाई २–० ले पराजित गर्यो ।
यता, समूह ुईु मा इंग्लिस क्लब चेल्सी पहिलो खेलमै स्तब्ध भएको छ । चेल्सी क्रोएसिया क्लब डिनामो जाग्रेबसँग १–० ले पराजित भयो ।
जाग्रेबको जितमा मिस्लाभ ओरिसिचले १३औं मिनेटमा निर्णायक गोल गरेका थिए । समूह ई कै खेलमा एसि मिलान साल्जबर्गसंग ११ गोलको बराबरीमा रोकियो ।
प्रतिक्रिया