काठमाडौं । इंग्लिस क्लब म्यानचेस्टर सिटी र रियल मड्रिडले मंगलबार राति भएको च्याम्पियन्स लिग फुटबलमा विजयी सुरुवात गरेका छन् ।
सिटीले सेभियालाई ४–० ले हरायो । सिटीलाई जित दिलाउन एर्लिङ हालान्डले दुई गोल गरे । यस्तै, फिल फोडेन र रुबेन डियासले एक एक गोल थपे । पहिलो हाफमा एक गोल गरेको सिटीले दोस्रो हाफमा थप तीन गोल गरेको थियो ।
जितसँगै समूह जी मा सिटीले पहिलो खेलमै ३ अंक जोडेको छ । यसै समूहको अर्को खेलमा बोरुसिया डर्टमण्डले कोपेनहेगनलाई ३–० ले हरायो ।
यस्तै, समूहको एफमा साविक विजेता रियल मड्रिडले सेल्टिकलाई ३–० अन्तरले पराजित गर्दै सुखद सुरुवात गर्यो ।
रियललाई जित दिलाउन भिनिसियस जुनियर, लुका मोड्रिच र इडेन हाजार्डले एक एक गोल गरे । रियलले तीनै गोल दोस्रो हाफमा गरेको थियो । जितसँगै रियलले ३ अंक जोडेको छ ।
प्रतिक्रिया