Logo

बागमती प्रदेश

काठमाडौं ७ मा कांग्रेसबाट गुरागाईको नाम सिफारिस



काठमाडौं। सत्तारुढ दल नेपाली कांग्रेसले प्रतिनिधिसभा निर्वाचनको लागि काठमाडौं ७ मा प्रमोदहरि गुरागाईंको नाम सिफारिस गरेको छ ।

कांग्रेस महाधिवेशन प्रतिनिधि समेत रहेका गुरागाईसहित डा। रामशरण थपलिया, विनोद पन्त, दयाराम पाण्डे, दक्ष पौडेल, नीलकाजी शाक्य, सरोज थापा, सुशील भट्ट र प्रमिलासिंह डंगोलको नाम पनि सिफारिस भएको छ । गुरागाईको पुर्ख्यौली घर नुवाकोट हो ।

यस्तै, एमालेबाट रघुजी पन्त, विद्यासुन्दर शाक्य, ईन्दिरा पन्त, बिपी ढकाल र श्याम घिमिरेको नाम सिफारिस भएको छ । माओवादी केन्द्रबाट मुक्ति प्रधान र रामबाबु फुँयालको दाबेदारी रहेको छ । यद्यपि, उनीहरूको नाम सिफारिस भइसकेको छैन ।

यस क्षेत्रबाट एकीकृत समाजवादीबाट वसन्त मानन्धर र जनता समाजवादी पार्टी (जसपा)बाट राजेन्द्र श्रेष्ठ, स्वतन्त्रबाट यादवलाल कायस्थ, रवीन्द्रकुमार श्रेष्ठ र सूर्य सिलाकारको नाम सिफारिस भएको छ ।

प्रकाशित मिति : २० भाद्र २०७९, सोमबार  ६ : १८ बजे