Logo

सुदूरपश्चिम प्रदेश

धनगढीमा विभिन्न हातहतियारसहित एक जना पक्राउ


१७ भाद्र २०७९, शुक्रबार  

92
Shares

कैलाली । धनगढी उपमहानगरपालिका–१५ उर्मा बस्ने ५५ वर्षीय ज्ञानी रानालाई विभिन्न हातहतियारसहित प्रहरीले पक्राउ गरेको छ ।

भरुवा बन्दुक एक थान, गन्दक आठ सय ग्राम, बारुद एक सय ग्राम र छर्रा १२ पिस सहित शुक्रबार दिउँसो उनलाई प्रहरीले पक्राउ गरेको हो ।

जिल्ला प्रहरी कार्यालय कैलाली र प्रहरी चौकी कनरीबाट खटिएको संयुक्त प्रहरी टोलीले उनको घर खानतलासी गर्दा उक्त हातहतियारहरू फेला पारी पक्राउ गरेको हो ।

घटनाका सम्बन्धमा प्रहरीबाट थप अनुसन्धान भइरहेको छ ।

प्रकाशित मिति : १७ भाद्र २०७९, शुक्रबार  ५ : ०८ बजे