Logo

प्रदेश

करेन्ट लागेर बाबु छोराको मृत्यु


१७ भाद्र २०७९, शुक्रबार  

552
Shares

सिरहा । सिरहाको गोलबजारमा करेन्ट लागेर बाबु छोराको मृत्यु भएको छ । पानी तान्ने मोटरको तार जोड्ने क्रममा करेन्ट लागेर जिल्लाको गोलबजार नपा ६ ग्रामिण बजरका ४२ वर्षीय विजय साह र उनका छोरा १९ वर्षीय अमनको मृत्यु भएको हो ।

इनारभित्र राखेको पानी तान्ने मोटरको तार जोड्ने क्रममा करेन्ट लागेका बुबालाई छु्याउन गएका छोरालाई पनि करेन्ट लागेको इलाका प्रहरी कार्यालय गोलबजारका प्रमुख इन्पेक्टर राजु केसीले जानकारी दिए ।

करेन्ट लागर घाइते दुवैजनालाई तत्काल उपचारको लागि स्थानीय भुमिजा अस्पताल पुर्याएको थियो । त्यहाँ उपचार सम्भव नभएपछि थप उपचारको लगि प्रदेशिक अस्पताल लहान लाने क्रममा बाटोमै उनीहरुको मृत्यु भएको प्रहरीको भनाइ छ । दुवै शव पोष्टमार्टमको लागि प्रादेशिक अस्पताल लहानमा राखिएको छ ।

प्रकाशित मिति : १७ भाद्र २०७९, शुक्रबार  ७ : ०८ बजे