Logo

Breaking News 1

महाभियोग प्रकरण: बयान दिन सिंहदरबार पुगे चोलेन्द्रशम्शेर राणा



काठमाडौं । महाभियोग लागेका निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर राणा बयान दिन सिंहदरबार पुगेका छन् । तर महाभियोग सिफारिस समितिको बैठक ११ बजे बस्ने भनिए पनि अझै सुरु भएको छैन । राणा निर्धारित समयमै सिंहदरबार पुगे पनि बैठक सुरु नहुँदा संसद सचिवालयका महासचिवको कार्यकक्षमा प्रतिक्षारत छन् ।

नेपालको न्यायिक तथा संसदीय इतिहासमा पहिलो पटक प्रधानन्यायाधीशसँग बयान लिन लागेको हो । गत १ फागुनमा सत्तारुढ दलले राणामाथि महाअभियोग लगाएपछि २३ फागुनमा प्रतिनिधिसभाले महाअभियोग सिफारिस समिति गठन गरेको थियो । सोही सिफारिस समितिले पहिलो पटक राणासँग बयान लिन लागेको हो ।

जबराविरुद्ध संघीय संसद् सचिवालयमा महाअभियोग प्रस्ताव दर्ता भएपछि उनको पद निलम्बनमा परेको थियो । सर्वोच्च अदालत बार एसोसिएसनले निलम्बित प्रधानन्यायाधीश जबरा विरुद्धको महाअभियोग प्रस्तावबारे संसदीय सिफारिस समितिलाई यसअघि नै प्रमाण उपलब्ध गराइसकेको छ ।

प्रकाशित मिति : १५ भाद्र २०७९, बुधबार  ११ : १८ बजे