काठमाडौं । एसिया कप क्रिकेटमा आज बुधबार भारतले हङकङसँग प्रतिस्पर्धा गर्दैछ । दुबई अन्तराष्ट्रिय क्रिकेट मैदानमा हुने समूह ‘ए’ मा अन्तर्गत भारत र हङकङ बीचको नेपाली समय अनुसार साँझ ७:४५ मा हुनेछ ।
भारत आज लगातार दोस्रो जित निकाल्ने योजनामा छ । आजको खेलमा जित निकाल्न सकेमा भारत सुपर चारमा पुग्नेछ । भारतले पहिलो खेलमा पाकिस्तानलाई ५ विकेटले हराएको थियो । त्यसैले भारत आजको खेलमा पनि जित निकाल्ने योजनामा छ ।
यता प्रतियोगिताको पहिलो खेल खेल्न लागेको हङकङ पनि आजको खेलमा सहज जित निकाल्दै प्रतियोगिताको सुरुवात गर्ने योजनामा छ । हङकङले पहिलो पटक भारतसँग टी–ट्वान्टी अन्तराष्ट्रिय खेल खेल्न लागेको हो । एकदिवसीय अन्तर्राष्ट्रियमा दुई टोली २ पटक खेलेका छन् । दुबै खेलमा भारत विजयी भएको छ ।
प्रतियोगितामा ६ टोली सहभागी छन् । समूह ‘ए’ मा भारतसहित पाकिस्तान र हङकङ छन् । समूह ‘बी’ मा अफगानिस्तान, बंगलादेश र श्रीलंका छन् । प्रतियोगितामा समूहको शीर्ष दुई टोलीले सुपर चारमा स्थान बनाउने छन् ।
प्रतिक्रिया