Logo

मुख्य समाचार

माओवादीको सम्पर्क समन्वय समितिको बैठक बस्दै



काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)ले आगामी संघीय र प्रदेशसभाको निर्वाचन केन्द्रित अभियानलाई तीव्रता दिएको छ ।

यसै क्रममा आज पार्टीको सम्पर्क समन्वय समितिको बैठक बस्दै छ । दिउँसो १ बजे पार्टी मुख्यालय पेरिसडाँडामा बस्ने बैठकलाई अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सम्बोधन गर्ने भएका छन् ।

प्रचण्ड प्रदेश समितिहरूको बैठकमा चुनावी प्रशिक्षण दिइरहेका छन् । उनले क्रमिक रुपमा कर्णाली, सुदुरपश्चिम, गण्डकी र मधेश प्रदेशमा पनि राजनीतिक प्रशिक्षण दिने कार्यक्रम तय भएको छ ।

प्रकाशित मिति : १५ भाद्र २०७९, बुधबार  ९ : ०७ बजे