Logo

समाचार

जंगली हात्तीको आक्रमणबाट एक जनाको मृत्यु



झापा । जंगली हात्तीको आक्रमणबाट झापामा एक जनाको मृत्यु भएको छ । हात्तीको आक्रमणमा परेका देबि बहादुर अधिकारीको उपचारको लागि अस्पताल लैजादै गर्दा बाटोमै मृत्यु भएको हो ।

झापाको बाह्रदशी–१ बस्ने ८० वर्षीय अधिकारीलाई मनकामना सामुदायीक वनमा हात्तीले आक्रमण गरेको थियो । घाइते अधिकारीलाई थप उपचारको लागि धरान लैजादै गर्दा साँझ ५:३० बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जानकारी दियो ।

घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको कार्यलय प्रवक्ता प्रहरी नायव उपरीक्षक बसन्त पाठकले जानकारी दिए ।

प्रकाशित मिति : १५ भाद्र २०७९, बुधबार  ७ : ११ बजे