Logo

समाचार

खोलाले बगाएर एक जना बेपत्ता



म्याग्दी । म्याग्दीको बेनी नगरपालिका–४ तातोपानीमा खोलाले बगाएर एक जना बेपत्ता भएका छन् । उदयपुरको त्रियुगा नगरपालिका–१० का २२ वर्षीय मिलन राईलाई शनिबार साँझ म्याग्दी नदीले बगाएर बेपत्ता बनाएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

नुहाउनका लागि किनारमा पुगेका राई लडेर नदीमा खसेपछि बेपत्ता बनाएको प्रहरी नायब उपरीक्षक तिलक भारतीले बताए । नदी किनारमा राईले लगाएको कपडामात्र भेटिएको छ । राई तीन वर्षदेखि तातोपानीमा ट्र्याक्टर चलाउने काम गर्दै आएका स्थानीयवासीसमेत रहेका वडा सदस्य प्रेम श्रीसले जानकारी दिए । म्याग्दी र कालीगण्डकी नदी किनारमा खोजी गरिए पनि राई नभेटिएको जनाइएको छ ।

प्रकाशित मिति : १२ भाद्र २०७९, आइतबार  ८ : ५१ बजे