Logo

Breaking News 1

मुख्यमन्त्री राउतलाई पदबाट राजीनामा दिन निर्देशन दिएको छैन : उपेन्द्र यादव



काठमाडौं । जनता समाजवादी पार्टी नेपाल (जसपा) का अध्यक्ष उपेन्द्र यादवले मधेश प्रदेशका मुख्यमन्त्री लालबाबु राउतलाई पदबाट राजीनामा दिन आफूले निर्देशन नदिएको दाबी गरेका छन् । साथै उनले राउतलाई हटाउने योजना नभएको पनि बताएका छन् ।

राष्ट्रिय समाचार समिति (रासस)का अनुसार आज बिहान जनकपुरमा सञ्चारकर्मीसँग संक्षिप्त कुरा गर्दै यादवले भनेका छन्, ‘मुख्यमन्त्री राउतलाई पदबाट राजीनामा दिन निर्देशन दिएको भनेर बाहिर आएको हल्लामा कुनै सत्यता छैन । मुख्यमन्त्रीलाई त्यस्तो कुनै निर्देशन दिएको छैन ।’

तर उपेन्द्र यादवले मंगलबार केही सन्चारकर्मीसँग आफूले मुख्यमन्त्रीलाई हटाउन निर्देशन दिएको बताएका थिए । मुख्यमन्त्री राउत निकट स्रोतले त्यसलाई पुष्टि गरेको थियो ।

मुख्यमन्त्री स्वच्छता अभियान र बेटी बचाऊ, बेटी पढाऊ अभियानमा भएको अनियमितता सार्वजनिक भएपछि यादवले मुख्यमन्त्री यादवलाई राजीनामा दिन निर्देशन दिएका थिए ।

प्रकाशित मिति : ७ भाद्र २०७९, मंगलबार  ११ : ११ बजे