Logo

समाचार

धनकुटामा पाँच किलो गाँजासहित युवक पक्राउ



धनकुटा । धनकुटा – ९ मुलघाटबाट पाँच किलो गाँजासहित एक युवकलाई पक्राउ परेका छन । साँगुरीगढी गाउँपालिका– ९ का २० वर्षीय सनिल राईलाई प्रहरीले पक्राउ गरेको हो ।

मुलघाट चौकीबाट खटिएको प्रहरी टोलीले चेकिङका क्रममा कालो रङको झोलाभित्र लुकाइराखेको उक्त परिमाणको गाँजा बरामद गरेको प्रहरीले जनाएको छ ।

पक्राउ परेका राई सवार प्रदेश नं १–०२–०४४ प ३४१६ नम्बरको मोटरसाइकलसमेत प्रहरी नियन्त्रणमा रहेका राईलाई थप अनुसन्धानका लागि राईलाई हिरासतमा राखिएको छ ।

प्रकाशित मिति : ५ भाद्र २०७९, आइतबार  ८ : ५० बजे