Logo

समाचार

एनआरएनए जापान विवाद: विवाद मिलेको भन्दै भ्रामक प्रचार गरिएकोमा कार्यसमितिको आपत्ती



काठमाडौं । गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद जापानले बिवाद मिलेको भन्दै भ्रामक प्रचार गरिएकोमा आपत्ती जनाएको छ । सहमति भएको भनेर मिडियाबाजी गरिएपनि वास्तविक सहमति हुन नसकेको भन्दै बहुमत कार्यसमितिका पदाधिकारि तथा सदस्यहरुले आपत्ती जनाउदै २२ जनाले हस्ताक्षर गरेर सम्बन्धित निकायलाई पत्रा चार गर्दै असहमति जनाएका हुन् ।

कुल ३१ सदस्यमध्ये २२ जनाले उक्त सहमतिप्रति आपत्ती जनाएका छन् ।

‘एनआरएनए जापानको बिबाद मिल्नु, मिलाउनु हामी सबैको लागि खुशीको कुरा हो । हामी सम्पूर्ण क्षेत्रीय कार्यसमिति सहमति र सहकार्यको पक्षमामा छौं । तर हामी सरोकार वालाहरु संग कुनै पनि छलफल नगरी नाजायज कुराहरु राखी एक्कासी नाटकीय ढंग बाट छापामार शैलीमा सहमति पत्रमा अध्यक्षज्यूले हस्ताक्षर गरी मिडियाबाजी गरी प्रचारप्रसार गरिएको प्रति हामी क्षेत्रीय कार्यसमितिहरुको घोर आपत्ति रहेकोछ ।’ पत्रमा भनिएको छ, ‘यस गंभीर त्रुटि तत्काल साच्याई सौहार्दपूर्ण वाताबरणमा छलफल गरी सहमति गर्न अनुरोध गर्दछौं । हामी क्षेत्रीय कार्यसमिति सदैब सत्यको पक्षमा रहेकोले अध्यक्षज्यूलाई सत्यको पक्षमा उभिन अपील गर्दछौ ।’

प्रकाशित मिति : ५ भाद्र २०७९, आइतबार  ८ : ३४ बजे