Logo

मनोरञ्जन

तीज गीत ‘पिरै पिर’ सार्वजानिक !



काठमाडौं । नारीको बेदनालाई अगाडि सारेर नयाँ तीज गीत ‘पिरै पिर’ सार्वजानिक भएको छ । अलाप स्टुडियोमा रेकर्डिङ भएको गीत जल राप्ति डिजिटलको अफिसियल युटुब च्यानलबाट सार्वजानिक भएको हो ।

राजु परियार, कृष्णा परियार, कुशल बिश्वकर्मा, सरिता सुनार, गणेश बाबु बिक र सपना सुनारको स्वर रहेको गीतमा सब्द सुबास गदाल र संगीत झलक संगीतमको रहेको छ ।

नारीको बेदना अहिले सम्म हराएको छैन देश परिबर्तन भए पनि रक्सि खाएर स्वास्नी कुटने चलन अझै समाजमा हराएको छैन भन्ने सन्देस यो गीतले दिन खोजेको छ ।

गीतामा सुबास गदालको निर्देसन, बिरेन्द्र परियारको छायांकन र अनिल बिष्ट प्युठनिको सम्पादन रहेको ।

अनिल बिष्ट प्युठानि, निरुता खडका, खेम भुजेल, गोमा न्यौपाने, प्रकाश रोका, लक्ष्मी थापा, ज्ञनु सिंह र सिता छिनालले भिडियोमा अभिनय गरेका छन् ।

प्रकाशित मिति : १ भाद्र २०७९, बुधबार  ९ : २१ बजे