Logo

अर्थ

यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर


३० श्रावण २०७९, सोमबार  

1.3k
Shares

काठमाडौं । नेपाल राष्ट्र बैंकले सोमबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । जस अनुसार भारतीय रुपैयाँ एक सयको खरिद दर १६० रुपैयाँ रहेको छ भने बिक्री दर १६० रुपैयाँ १५ पैसा रहेको छ ।

आज डलरको खरिद दर १२७ रुपैयाँ १६ पैसा र बिक्री दर १२७ रुपैयाँ ७६ पैसा रहेको छ । युरो एकको खरिद दर १३० रुपैयाँ ४७ पैसा र बिक्री दर १३१ रुपैयाँ ०८ पैसा रहेको छ ।

बेलायती पाउण्ड एकको खरिद दर १५४ रुपैयाँ २७ पैसा र बिक्री दर १५५ रुपैयाँ ०० पैसा रहेको छ। कतारी रियालको मूल्य एकको खरिद दर ३४ रुपैयाँ ७१ पैसा र बिक्री दर ३४ रुपैयाँ ८८ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।

प्रकाशित मिति : ३० श्रावण २०७९, सोमबार  ६ : ३७ बजे