Logo

समाचार

कपिलवस्तुमा ट्रक र मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु


२७ श्रावण २०७९, शुक्रबार  

253
Shares

काठमाडौं । कपिलवस्तुको मायादेवी गाँउपालिका-१ बर्रोहियामा हिजो बेलुकी ट्रक र मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा मोटरसाइकल चालक रुपन्देहीको ओमसतिया गाँउपालिका-३ करुवानीका ४० वर्षीय उमा शंकर यादव रहेका छन् ।

भैरहवा स्थित युनिभर्सल कलेज अफ मेडिकल साइन्स अस्पतालमा उपचारको क्रममा राती पौने १२ बजे यादवको मृत्यु भएको हो ।

भैरहवाबाट तौलिहवातर्फ जाँदै गरेको लु १ ख ४५१६ नम्बरको ट्रक र विपरीत दिशाबाट जाँदै गरेको यादवले चलाएको लु ७६ प १४१२ नम्बरको मोटरसाइकल आपसमा ठोक्किएका हुन् ।

हिजो बेलुकी ८ बजे भएको सवारी दुर्घटनामा संलग्न दुवै सवारी साधन र ट्रक चालकलाई इलाका प्रहरी कार्यालय पकडीले नियन्त्रणमा लिएको छ ।

प्रकाशित मिति : २७ श्रावण २०७९, शुक्रबार  १२ : १३ बजे