Logo

स्वास्थ्य

छथर अस्पताल र दुई स्वास्थ्य चौकीलाई स्वास्थ्य उपकरण प्रदान


२७ श्रावण २०७९, शुक्रबार  

391
Shares

तेह्रथुम । स्वास्थ्य मन्त्रालयले तेह्रथुमको छथर गाउँपालिकामा रहेको छथर अस्पताल र दुईवटा स्वास्थ्य चौकीहरुलाई स्वास्थ्य उपकरण र सामग्री हस्तान्तरण गरेको छ । छथर गाउँपालिका अध्यक्ष सन्तबिर लिम्बुलाई स्वास्थ्य मन्त्री भवानी खापुङका स्वास्थ्य सल्लाहकार डाक्टर खगेन्द्र कटुवालले हस्तान्तरण गरे ।

ईसिजी मेसिन एक थान मनिटर २ थान, अक्सीजन कन्सटेटर ३ थान थर्ममिटर १० थान बिपी सेट १० थान लगायतका सामग्री प्रदान गरिएको हो ।

अस्पताल तथा स्वास्थ्य चौको माग अनुसार गाउँपालिकाले गरेको सिफारिसको आधारमा मन्त्रालयबाट सामग्री उपकरण तथा सामग्री व्यवस्थापन गरि हस्तान्तरण गरिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

प्रकाशित मिति : २७ श्रावण २०७९, शुक्रबार  ९ : ०४ बजे