Logo

अर्थ

यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर


२५ श्रावण २०७९, बुधबार  

1.6k
Shares

काठमाडौं । नेपाल राष्ट्र बैंकले बुधबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । जस अनुसार भारतीय रुपैयाँ एक सयको खरिद दर १६० रुपैयाँ रहेको छ भने बिक्री दर १६० रुपैयाँ १५ पैसा रहेको छ ।

आज डलरको खरिद दर १२७ रुपैयाँ १६ पैसा र बिक्री दर १२७ रुपैयाँ ७६ पैसा रहेको छ । युरो एकको खरिद दर १३० रुपैयाँ ०४ पैसा र बिक्री दर १३० रुपैयाँ ६५ पैसा रहेको छ ।

बेलायती पाउण्ड एकको खरिद दर १५३ रुपैयाँ ९५ पैसा र बिक्री दर १५४ रुपैयाँ ६८ पैसा रहेको छ। कतारी रियालको मूल्य एकको खरिद दर ३४ रुपैयाँ ७८ पैसा र बिक्री दर ३४ रुपैयाँ ९५ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।

प्रकाशित मिति : २५ श्रावण २०७९, बुधबार  ६ : ५९ बजे