Logo

Breaking News 1

संघीय निर्वाचन: १०औँ नम्बरका दर्ता भयो एमाले


२४ श्रावण २०७९, मंगलबार  

230
Shares

काठमाडौं । आगामी मंसिर ४ गतेका लागि तय भएको प्रतिनिधि र प्रदेशसभा निर्वाचनका लागि दल दर्ता जारी रहेको छ ।

निर्वाचन आयोगले यही साउन ३१ गतेसम्मका लागि दल दर्ता खुला गरेको छ । यसैबीच, नेकपा एमालेले आज दल दर्ता गरेको छ ।

एमाले नेताहरु प्रदीप ज्ञवाली, कृष्णगोपाल श्रेष्ठ, केन्द्रीय कार्यालयका मुख्यसचिव भीष्म अधिकारी लगायत नेताहरुल दल दर्ताका लागि आयोगमा पुगेका थिए ।

एमाले १०औँ नम्बरमा दर्ता भएको नेताहरुले जानकारी दिएका छन् ।

प्रकाशित मिति : २४ श्रावण २०७९, मंगलबार  १ : २८ बजे