काठमाडौं । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)ले सरकारमा जाने तयारी गरेको छ ।
प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको मिति घोषणा भएसँगै लोसपाले सरकारमा जाने तयारी गरेको हो ।
प्रधानमन्त्री शेरबहादुर देउवाले यसअघि नै लोसपालाई सरकारमा ल्याउने तयारी गरेका थिए । लोसपाले सरकारमा सहभागी हुनका लागि आज प्रधानमन्त्री शेरबहादुर देउवासँग छलफल गर्दैछ।
छलफल अपरान्ह ४ बजे प्रधानमन्त्री निवास बालुवाटामा हुने नेताहरुले बताएका छन् ।
लोसपाले लामो समयदेखि आफ्ना कार्यकतामाथि लगाइएका मुद्वा फिर्ता लिनुपर्ने लगायतका माग राख्दै आएको छ ।
प्रतिक्रिया