Logo

Breaking News 1

भोलिको प्रतिनिधिसभा बैठकमा प्रधानन्यायाधीस जबरामाथिको महाअभियोगमा छलफल हुने



काठमाडौं । आइतबारको प्रतिनिधिसभा बैठकमा प्रधानन्यायाधीस चोलेन्द्र शम्शेर जबराविरुद्वको महाअभियोगमाथि छलफल हुने भएको छ ।

संसद सचिवालयले जारी गरेको आइतबारको प्रतिनिधिसभाको कार्यसूचीमा महाअभियोग प्रस्तावमाथि छलफल हुने उल्लेख गरिएको छ । संघीय संसद्का महासचिव भरतराज गौतमले आइतबारका लागि जारी गरेको प्रतिनिधिसभाको सम्भावित कार्यसूचीमा महाभियोग प्रस्तावमाथि छलफल हुने उल्लेख छ ।

शनिबार सार्वजनिक गरिएको प्रतिनिधिसभा बैठकको सम्भावित कार्यसूचीमा भनिएको छ, ‘मिति २०७८ फागुन २९ गतेको बैठकमा देवप्रसाद गुरुङले नेपालको संविधानको धारा १०१ को उपधारा २ एवं प्रतिनिधिसभा नियमावली, २०७५ को नियम १६१ को उपनियम १ बमोजिम प्रस्तुत गर्नुभएको प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराविरुद्ध दर्ता भएको महाभियोग प्रस्तावमाथि छलफल हुने ।’
जवराविरुद्ध विभिन्न २१ आरोप लगाएर सत्तारुढ दलहरू कांग्रेस, माओवादी केन्द्र र एकीकृत समाजवादीका सांसदहरूले फागुन १ गते प्रतिनिधिसभामा महाभियोग दर्ता गराएका थिए । महाभियोग दर्ता भएपछि जबरा स्वतः निलम्बनमा परेका थिए ।

प्रतिनिधिसभाले फागुन २२ गते महाभियोग सिफारिस समिति गठन गरेपनि छलफल अगाडि बढ्न सकेको थिएन ।

प्रकाशित मिति : २१ श्रावण २०७९, शनिबार  १ : २२ बजे