Logo

Breaking News 1

सिट बाँडफाँटका लागि गठबन्धनमा बन्यो कार्यदल, को-को छन् सदस्य ?


२० श्रावण २०७९, शुक्रबार  

644
Shares

काठमाडौं । सत्तारुढ पाँच दलीय गठबन्धनले आगामी निर्वाचनको सिट बाँडफाँडका लागि कार्यदल गठन गरेको छ ।

शुक्रबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको गठबन्धनको बैठकले सिट भागबण्डा टुंग्याउनका लागि कार्यदल गठन गर्ने निर्णयअनुसार ११ सदस्यीय कार्यदल गठन भएको हो ।

कार्यदलले भदौको दोस्रो सातासम्म भागबण्डा टुंग्याउने छ । कार्यदलमा नेपाली कांग्रेसबाट कृष्णप्रसाद सिटौला, महामन्त्री गगनकुमार थापा र ज्ञानेन्द्रबहादुर कार्की छन् भने माओवादी केन्द्रबाट देवप्रसाद गुरुङ र वर्षमान पुन छन् ।

यस्तै, नेकपा एकीकृत समाजवादीबाट उपाध्यक्ष प्रमेश हमाल र महासचिव बेदुराम भुसाल, जनता समाजवादी पार्टीबाट रामसहाय यादव, रकम चेम्जोङ र राष्ट्रिय जनमोर्चाबाट हिमलाल पुरी र आनन्द शर्मा सदस्य छन् ।

बैठकमा आगामी निर्वाचनमा गठबन्धन गरेर जाने विषयमा भने सबै शिर्ष नेताहरु सहमत भएका छन् ।

प्रकाशित मिति : २० श्रावण २०७९, शुक्रबार  १ : १६ बजे