Logo

मुख्य समाचार

उपेन्द्र यादवलाई सिके राउतको टक्कर: यादवको निर्वाचन क्षेत्रबाट चुनाव लड्ने राउतको घोषणा


२० श्रावण २०७९, शुक्रबार  

184
Shares

काठमाडौं । मंसिर ४ गते हुने प्रतिनिधिसभाको निर्वाचनमा जनमत पार्टीका अध्यक्ष सिके राउतले जसपाका अध्यक्ष उपेन्द्र यादवको क्षेत्रबाट निर्वाचन लड्ने भएका छन् ।

बिहीबार बसेको पार्टीको बैठकबाट अध्यक्ष राउतले सप्तरी क्षेत्र नम्बर २ बाट लड्ने घोषणा गरेका हुन् ।

यादवले २०७४ को निर्वाचन सप्तरी क्षेत्र नम्बर २ बाट जितेका थिए । अहिले पनि यादवको त्यही क्षेत्रबाट चुनाव लड्ने चाहना गरेका बताइएको छ ।

प्रकाशित मिति : २० श्रावण २०७९, शुक्रबार  १२ : ०४ बजे