Logo

अर्थ

फलफूल तथा तरकारीको आजको बजार मूल्य


२० श्रावण २०७९, शुक्रबार  

874
Shares

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिका अनुसार आज शुक्रबार अदुवाको औसत मूल्य प्रतिकेजी ६५ रुपैयाँ रहेको छ ।

अनार २९० रुपैयाँ, चोसा आँप २४५ रुपैयाँ, मालदह आँप २९० रुपैयाँ, आभोकाडो ५२५ रुपैयाँ, रातो आलु ५९ रुपैयाँ, भारतीय रातो आलु ३७ रुपैयाँ, मुडेको रातो आलु ५३ रुपैयाँ ५० पैसा, सेतो आलु ५१ रुपैयाँ, इमली १४६ रुपैयाँ ६७ पैसा, स्थानीय काउली ६५ रुपैयाँ, लोकल काक्रो ६२ रुपैयाँ, कागती २२५ रुपैयाँ, किवि ६२५ रुपैयाँ रहेको छ । त्यस्तै कुरीलो ५०० रुपैयाँ, अकबरे खुर्सानी २२५ रुपैयाँ, तराई गाजर ८६ रुपैयाँ ६७ पैसा, लोकल गाजर १२८ रुपैयाँ, गुन्द्रुक २७५ रुपैयाँ, नेपाली ठूलो गोलभेडा ४७ रुपैयाँ ५० पैसा, टनेल गोलभेडा ३८ रुपैयाँ र राजमा घिउ सिमी १३५ रुपैयाँ र लोकल घिउ सिमी ७५ रुपैयाँ रहेको छ ।

त्यस्तै, घिरौलाको औसत मूल्य प्रतिकेजी ४५ रुपैयाँ, चिचिण्डो २८ रुपैयाँ ३३ पैसा, चुकुन्दर ७६ रुपैयाँ ६७ पैसा, कन्य च्याउ १३५ रुपैयाँ, डल्ले च्याउ ४७५ रुपैयाँ, झिगूनी ४५ रुपैयाँ, हरियो तरबुजा ५५ रुपैयाँ, छडी माछा २३५ रुपैयाँ, बचुवा माछा २६० रुपैयाँ, मुंगरी माछा २७५ रुपैयाँ, रहु माछा ३१५ रुपैयाँ, तामा १३० रुपैयाँ, तितो करेला १७ रुपैयाँ ५० पैसा, तोफु ११५ रुपैयाँ, तोरीको साग ५५ रुपैयाँ, न्यूरो ११५ रुपैयाँ, परवर ७६ रुपैयाँ, सुकेको प्याज ३७ रुपैयाँ, लोकल बन्दा २५ रुपैयाँ, तने बोडी ५५ रुपैयाँ र ब्रोकाउली २६५ रुपैयाँ रहेको छ ।

यसैगरी, भटमासकोशाको औसत मूल्य प्रतिकेजी ७५ रुपैयाँ, भिण्डी ५५ रुपैयाँ, भुई कटहर प्रतिगोटा १७५ रुपैयाँ, भेडे खुर्सानी ११० रुपैयाँ, मकै बोडी ८६ रुपैयाँ ६७ पैसा, रातो बन्दा १३५ रुपैयाँ, रायोको साग ९६ रुपैयाँ ६७ पैसा, रुख कटहर ४५ रुपैयाँ, लप्सी ६५ रुपैयाँ, सुकेको चाइनिज लसुन १६६ रुपैयाँ, लौका ४५ रुपैयाँ, सेलरी २७५ रुपैयाँ, स्कूस ५५ रुपैयाँ र फूजी स्याउ २९० रुपैयाँ रहेको छ ।

प्रकाशित मिति : २० श्रावण २०७९, शुक्रबार  ९ : २९ बजे