Logo

Breaking News 1

मंसिर ४ गते संघ र प्रदेशको चुनाव गर्ने सरकारको निर्णय


१९ श्रावण २०७९, बिहिबार  

253
Shares

काठमाडौं । सरकारले आगामी मंसिर ४ गते संघ र प्रदेशको निर्वाचन गर्ने घोषणा गरेको छ ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले मंसिर ४ गते निर्वाचन गर्ने निर्णय गरेको हो । दुवै निर्वाचन एकै चरणमा हुनेछ ।

निर्वाचन आयोगले यसअघि नै संघ र प्रदेशको निर्वाचनका लागि मंसिर ४ गते मिति उपयुक्त हुने सुझाव दिएको थियो ।

प्रकाशित मिति : १९ श्रावण २०७९, बिहिबार  २ : १९ बजे