Logo

मुख्य समाचार

नेपालगञ्जदेखि काठमाडौं उडेको श्री एयरलाइन्सको जहाज आपतकालीन अवतरण


१९ श्रावण २०७९, बिहिबार  

1.9k
Shares

काठमाडौं । नेपालगञ्जदेखि काठमाडौंका लागि उडेको श्री एयरलाइन्सको ९एन–एएनएफ जहाज नेपालगञ्ज विमानस्थलमा आपतकालीन अवतरण गरिएको छ ।

जहाजको वायाँ इन्जिनमा धुवाँ देखिएपछि १० माइल उडेको जहाज सोही विमानस्थलमा फर्काइएको हो ।

नेपालगञ्ज विमानस्थल कार्यालयका अनुसार जहाजको अवतरणका क्रममा ‘फुल इमर्जेन्सी’ व्यवस्था गरिएको थियो ।

अहिले जहाज सुरक्षित अवतरण भएको छ । जहाजमा चालक दलका सदस्यसहित ७९ जना यात्रारत थिए ।

प्रकाशित मिति : १९ श्रावण २०७९, बिहिबार  १० : ५८ बजे