Logo

अर्थ

मंगलबार बढ्यो सुनको मूल्य, कतिमा कारोबार भइरहेको छ ?


१७ श्रावण २०७९, मंगलबार  

943
Shares

काठमाडौं । नेपाली बजारमा मंगलबार सुनको मूल्य बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघकाअनुसार आज सुनको मूल्य तोलामा २ सयले बढेको छ ।

सोमबार छापावाल सुनको मूल्य प्रतितोला ९५ हजार ४०० रुपैयाँमा कारोबार भएकोमा मंगलबार बढेर ९५ हजार ६ सयमा कारोबार भइरहेको छ ।

यस्तै, सोमबार तेजाबी सुनको मूल्य प्रतितोला ९४ हजार ९०० रुपैयाँमा कारोबार भएकोमा आज ९५ हजार १ सयमा कारोबार भइरहेको छ ।

यस्तै, आज चाँदीको मूल्य भने स्थिर छ । महासंघले आज चाँदी सोमबारकै मूल्यमा प्रतितोला १२ सय २० रुपैयाँमा कारोबार भइरहेको जनाएको छ ।

प्रकाशित मिति : १७ श्रावण २०७९, मंगलबार  १२ : १८ बजे