Logo

विश्व

इमरान खानको इन्स्टाग्राम अकाउन्ट ह्याक


१७ श्रावण २०७९, मंगलबार  

207
Shares

इस्लामाबाद । पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानको इन्स्टाग्राम अकाउन्ट क्रिप्टो स्क्यामरले ह्याक गरेका छन् ।

पाकिस्तान तहरीक–ए–इन्साफ प्रमुखसमेत रहेका खानको इन्स्टाग्राम अकाउन्ट मेटा–फेसबुक र इन्स्टाग्रामको मूल कम्पनीको सहयोगमा चाँडै रिकभर गरिएको पीटीआई सोसल मिडिया प्रमुख अर्सलान खालिदले बताए ।

ह्याक भएपछि इमरान खानको एकाउन्ट आफूले अनुगमन गरेको खालिदले बताए । उनका अनुसार ह्याकरहरूले उनका ७.४ मिलियन फलोअर्ससँग क्रिप्टोकरेन्सी लिंक सेयर गरेका थिए ।

ह्याकरहरूले टेस्लाका प्रमुख कार्यकारी एलोन मस्कको ट्वीटको स्क्रिनसट पनि सेयर गरेका थिए ।

प्रकाशित मिति : १७ श्रावण २०७९, मंगलबार  ७ : ४३ बजे