काठमाडौं । भोजपुरमा ट्याक्टरले किचेर एक बालकको मृत्यु भएको छ ।
भोजपुर नगरपालिका-१२ छ चौतारामा ट्रयाक्टरले किच्दा पाँच वर्षीय नेन्साङ तामाङ ज्यान गएको हो।
बिहीबार साँझ सामान बोकेर सदरमुकामबाट गुम्बा जाँदै गरेको मे १ त ७४४४ नंको ट्र्याक्टरले किच्दा नेन्साङको ज्यान गएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।
ट्रयाक्टर र चालकलाई नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया