Logo

Breaking News 1

गठबन्धनको मात्र भर नपरौं, आफ्नो तयारीमा लागौं : नेपाल



काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले गत स्थानीय निर्वाचनमा गठबन्धनको गीत गाएर बस्दा पार्टी कमजोर भएको बताएका छन् ।

बुधबार काठमाडौंमा आयोजित पार्टीका जनप्रतिनिधिका लागि अभिमुखीकरण कार्यक्रममा बोल्दै अध्यक्ष नेपालले गठबन्धनको कुनै भरोसा नभएको बताए । ‘गठबन्धनको धेरै भरोसा छैन । गठबन्धनको भर परेपछि अरुको सहारामा बाँच्नुपर्दोरहेछ’ उनले भने, ‘अरुको भरमा बाँच्ने मान्छेले केही गर्न सक्दैन । आफ्नै शक्तिमा भरोसा गर्ने, आफ्नै तागतमा जित्छु भन्ने भरोसा भएकाहरुले पार्टीको पनि विश्वास जित्न सक्दा रहेछन् ।’

आफ्नो आधार र शक्ति बनाउन नसक्नेहरु अरुको आशामा बाँच्नुपर्दौ रहेछ भन्ने उनको स्वीकारोक्ति थियो ।
अध्यक्ष नेपालले आफ्नै तयारी गरेको भए हामीले थप जित्न सक्ने जिकिर गरे । ‘आफ्नै खुट्टामा उभिन सकेको भए पार्टी थप बलियो हुन्थ्यो । यी विषयमा कमजोरी भए’ उनले भने, ‘कतिपयले धोका दिए, सहमति कायम भएन । पार्टीभित्रै अन्तर्घात पनि भयो । कतिपयको ध्यान हाम्रो साइज घटाउने कुरामा गयो ।’

आफूभन्दा समाजवादी ठूलो हुन्छ कि भनेर कतिपयको दलहरुको निदहराम भएको उनले बताए । गठबन्धनको अभ्यासक्रममा धेरै कमजोरी पार्टीबाट भएको उनले स्वीकारे ।

प्रकाशित मिति : ४ श्रावण २०७९, बुधबार  २ : १५ बजे