Logo

अर्थ

यस्तो छ आजको तरकारी तथा फलफूलको मूल्यसूची



काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले तरकारी र फलफूलको भाउ तोकेको छ । नयाँ मूल्यसूची अनुसार अधिकांश तरकारी र फलफूलको मूल्य वृद्धि भएको छ ।

मंगलबार रातो आलुको मूल्य प्रतिकेजी ५४ रुपैयाँ ५० पैसा रहेको छ । त्यसैगरी अदुवा प्रतिकेजी ५५ रहेको छ । अनार ३९०, आँप मालदह प्रतिकेजी १९० रुपैयाँ र केरा दर्जनको १८० रुपैयाँ तोकिएको छ ।

स्थानीय काउली ११० रुपैयाँ, कागती २७५ रुपैयाँ, कुरिलो २५० रुपैयाँ र लोकल सानो गोलभेँडा ५० रुपैयाँ २० पैसा प्रति केजी तोकिएको छ ।

प्रकाशित मिति : ३ श्रावण २०७९, मंगलबार  ८ : २४ बजे